नेकपा (एकीकृत समाजवादी) प्रति समर्थन रहने छः झलनाथ खनाल
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ५ शनिबार
655
Shares
काठमाडौं । भारतमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालले माधव नेपाल नेतृत्वमा नवगठित नेकपा (एकीकृत समाजवादी) प्रति समर्थन रहेको जनाएका छन् ।
विभिन्न संचारमाध्यमहरुमा खनालले नेपालको साथ छाडेको भन्ने किसिमका समाचार आउन थालेपछि खनालको सचिवालयले सामाजिक संजालमार्फत नयाँ पार्टीलाई साथ र समर्थन हुने बताएको उनको निजी सचिवालयले जनाएको छ।
खनाललाई भेट्न नेकपा एमालेका सचिव भीम आचार्य र नेता सुरेन्द्र पाण्डे शनिबार दिल्ली गएका थिए । भेटपछि खनालले नेपालको साथ छाडेको भन्ने किसिमका समाचारहरु बाहिरिएका थिए । खनालको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा हालै मात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
नवठित पार्टीमा खनाल वरिष्ठ नेताका रुपमा प्रस्ताव गरिएको छ । पछिल्लो समय एमाले विवाद मिलाउन सक्रिय रहेका दुवै नेता अचानक दिल्ली गएपछि विभिन्न आशंका पनि गरिएको थियो ।