arrow

कोरोना महामारीः नेपालमा बढ्दो, भारतमा घट्दो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ५ शनिबार
corona-virus-awareness.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी नेपालमा बढ्दो क्रममा रहेको छ । दैनिक निको हुने भन्दा संक्रमित थपिने क्रम बढेसँगै नेपालमा संक्रमण बढ्दो क्रममा रहेको हो । 

शुक्रबारको आँकडा हेर्ने हो भने ३ हजार ४२ जना संक्रमित थपिएका छन् । निको हुने जम्मा २ हजार २४४ जना रहेका छन् । १७ हजार ६५४ जनाको परीक्षण हुँदा ३ हजार ४२ संक्रमित थपिएका हुन् । 

निको हुने दर घटेर ९३.१ प्रतिशतमा झरेको छ । सरकारले विभिन्न शैलीमा निषेधाज्ञा लगाए पनि प्रभावकारी हुन नसकेपछि संक्रमित निरन्तर बढिरहेका छन् । अहिलेसम्म ७ लाख ४४ हजार ३०७ जना संक्रमित भएकामा ६ लाख ९३ हजार ५४३ जनालाई निको भएको छ । 

अहिलेसम्म नेपालमा १० हजार ४५५ जनाको ज्यान गएको छ । शुक्रबार मात्रै २६ जनाको ज्यान गएको छ । कुल संक्रमितको १.५ प्रतिशत मानिसले ज्यान गुमाएका छन् । 

हाल सक्रिय संक्रमित बढेर ४० हजार ३०९ पुगेका छन् । 

भ्याक्सिनलाई प्राथमिकता दिइएकामा अहिलेसम्म ४९ लाख ७ हजार ५२३ जनाले पहिलो डोज लगाएका छन् भने ३७ लाख ९९ हजार १७८ जनाले दुवै डोज खोप लगाएका छन् । 

नेपालमा संक्रमित बढ्दै जाँदा भारतमा भने संक्रमण कम हुँदै गएको छ । भारतमा सक्रिय संक्रमित घट्दै गएर ३ लाख ५५ हजार ३९१ जना पुगेको छ । 

शुक्रबार भारतमा ३४ हजार २८८ संक्रमित थपिँदा ३६ हजार २४८ जनालाई निको भएको छ । अहिलेसम्म भारतमा ३ करोड २३ लाख ९२ हजार ५०६ जना संक्रमित भएका छन् । 

३१ लाख ५९ हजार ३८६ जनालाई निको भएको छ । शुक्रबार ३७६ जनाको ज्यान गएको छ । अहिलेसम्म ४ लाख ३३ हजार ९९८ जनाको ज्यान गइसकेको छ । 

भारतमा अहिलेसम्म ५७ करोड २२ लाख ८१ हजार ४८८ जनाले कम्तीमा एक डोज खोप लगाएका छन् । कुल जनसंख्याको ३३.३ प्रतिशतले कम्तीमा एक डोज खोप लगाउँदा ९.६ प्रतिशतले दुवै डोज खोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ