arrow

माधव नेपाल र उनको 'गिरोह' कै कारण एमाले विभाजनको अवस्थामा पुगेको ओलीको आरोप (पूर्णपाठ)

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन ३२ सोमबार
kp-oli-balkot-meet.jpg
फाइल तस्बिर

काठमाडौँ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालकै कारण पार्टी विभाजनको अवस्थामा पुगेको बताएका छन्।

एमाले बैठकको निर्णयहरू समेटिएको अन्तर पार्टी निर्देशन (अपानि) जारी गर्दै ओलीले नेपाललाई सो आरोप लगाएका हुन्। 

केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनका लागि ओलीले अपानि जारी गरेर विभाजनको दोष नेपालमाथि थोपरेका हुन्। ‘माधव नेपाल र उनको गिरोहले देश, जनता र पार्टीको भलाइको असल मनसाय साथ गरिएका सम्पूर्ण प्रयासलाई तिरस्कार र अपमान गर्दै अस्वीकार गर्‍यो। यसरी समस्या समाधानका हाम्रा प्रयास असफल भए,’ ओलीले अपानीमा भनेका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ