arrow

माओवादी केन्द्रको बैठक : सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३१ आइतबार
prachanda-puspa-kamal-dahal-maoist.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा सरकार सञ्चालनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउन नेतृत्वलाई सुझाव आएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक तथा साङ्गठनिक प्रस्तावमाथि समूहगत छलफल चल्दै गर्दा नेताहरूबाट सरकार सञ्चालनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठनको सुझाव आएको हो । 

बैठकमा मुलुकको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण र्समानुपातिक निर्वाचन प्रणालीको नीतिमा जानुपर्ने विषयमा पनि छलफल भएको छ । प्रचण्डले पेस गरेको राजनीतिक तथा साङ्गठनिक प्रस्तावमाथि समूहगत छलफलपछि सुझाव पेस हुँदा सो नीतिका विषयमा पनि बहस भएको हो । 

यसै गरी बैठकमा एमसीसीका विषयमा पनि पार्टीले प्रस्ट रूपमा धारणा दिनु पर्ने विषयमा नेताहरूबाटै राय आएको छ । एमसीसीका विषयमा जनताले प्रस्ट हुने गरी पार्टीले आफ्नो धारणा दिनु पर्ने भनाइ नेताहरूबाटै आएको हो । 

बैठकमा सुझाव आठ जना टोली नेता छानिएको थियो । टोली नेताहरूबाट आएका सुझावपछि थप छलफल गरेर निर्णय लिन स्थायी कमिटी बैठक बसेको छ ।
 
सुझावका लागि प्रदेश १ बाट राम कार्की, प्रदेश २ बाट रामचन्द्र झा, बागमती प्रदेशबाट नारायण दाहाल, गण्डकी प्रदेशबाट हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट ओनसरी घर्ती, कर्णाली प्रदेशबाट माया प्रसाद शर्मा, सुदूर पश्चिम प्रदेशबाट नेप बहादुर चौधरी र सम्पर्क प्रदेश, विशेष प्रदेश, प्रवास र केन्द्रीय कार्यालयबाट युवराज चौंलागाईंलाई चयन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ