arrow

माओवादी केन्द्रीय समितिको बैठक सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३१ आइतबार
maoist-cpn.jpg
फाइल तस्बिर

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार पेस गर्नुभएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल भएको हो।

माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाका अनुसार अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगत रुपमा छलफल भएको र टोली नेताले आफ्नो सुझाव राख्ने कार्यसूची  छ।

अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यलाई विभिन्न आठ समूहमा विभाजन गरिएको थियो । समूहका नेताले प्रतिवेदनमाथि धारणा राख्नेछन्। यसअघि पार्टीको स्थायी समितिको बैठक बसेको थियो। बैठकमा केन्द्रीय समितिमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र विधानका बारेमा छलफल भएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ