arrow

तरुण दलले कोरोना विरुद्ध देशब्यापी अभियान चलाउने, ७७ जिल्लामै १० बुँदे परिपत्र गरियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
jitjung-basnet.jpg.jpeg

काठमाडौं । नेपाल तरुण दलले कोरोना भाइरसविरुद्ध देशब्यापी अभियान चलाउने भएको छ । सबै जिल्ला समितिहरुलाई परिचालन गरी अभियान चलाउन लागेको हो ।

दरुण दलका अध्यक्ष जितजंग बस्नेतले सबै जिल्ला समितिहरुलाई १० परिपत्र पठाउँदै सम्भावित महामारीबाट बच्नको लागि स्थानीय प्रशासनसंग सहजीकरण गर्न’गराउन आब्हान गरेका हुन् ।

कोरोना भाइरसको तेस्रो भेरियन्ट नेपालमा पनि देखा पर्ने सम्भावना रहेको भन्दै अघिल्ला भेरियन्टमा जस्तो मानवीय लगायत अन्य क्षेत्रमा क्षति हुन नदिनको लागि पुर्व तयारी स्वरुप अभियान थाल्न लागेको हो ।

अभियान अन्तर्गत देशभर ७७ वटै जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोना विरुद्धको खोप लगाउनको लागि सबैलाई प्रोत्साहन सहित जनचेतना फैलाउने, खोप केन्द्र सम्म पुग्न नसकेका लक्षित वर्गलाई खोप केन्द्र सम्म पुग्न सहयोग गर्ने र खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित निकायसंग सहजीकरण गर्ने भनिएको छ ।

त्यस्तै, स्वास्थ्य उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनको लागि प्रोत्साहन स्वरुप थप सेवा सुविधा प्रबन्ध गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने । केही स्वास्थ्य संस्थामा लामो समय देखि तोकिएको जोखिम भत्ता स्वास्थ्यकर्मीहरुले नपाएकाले सम्बन्धित निकाय संग पहल गर्ने भनिएको छ । त्यतै बाहिरी मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाईनसम्म पुग्न नसकेका र नपुगेका भए प्रशासनसंग सहयोग लिई पुग्ने सक्ने वातावरणको सिर्जना गर्न तरुण दलले सहयोग गर्ने भनिएको छ । 

मिति : २०७८/०४/२७
                                                                   
श्री अध्यक्ष जी,
नेपाल तरुण दल,
सबै जिल्ला समितिहरु ।

विषय स् परिपत्र

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरसका कारण सिँगो विश्व समुदायले कठिन परिस्थितिको सामाना गरिराख्नु परेको छ । स्वास्थ्य विज्ञहरुको भनाई अनुसार कोभिड–१९ कोरोना भाईरसको तेस्रो भेरियन्ट नेपालमा पनि देखा पर्ने सम्भावना रहेको छ । यस्तो अवस्थामा अधिल्ला भरियन्टमा जस्तो मानवीय लगायत अन्य क्षेत्रमा क्षति हुन नदिनको लागि पुर्व तयारी गर्नु अति आवश्यक छ । त्यसैले सम्भावित महामारीबाट बच्नको लागि स्थानीय प्रशासनसंग सहजीकरण गर्न÷गराउनको लािग जिल्ला अध्यक्ष ज्यूहरुलाई यो परिपत्र गरिन्छ ।

१.कोभिड–१९ कोरोना भाईरसको विरुद्धमा देशभर ७७ वटै जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोना विरुद्धको खोप लगाउनको लागि सबैलाई प्रोत्साहन सहित जनचेतना फैलाउने ।

२.खोप केन्द्र सम्म पुग्न नसकेका लक्षित वर्गलाई खोप केन्द्र सम्म पुग्न सहयोग गर्ने र खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित निकाय संग सहजीकरण गर्ने ।

३.स्वास्थ्य उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनको लागि प्रोत्साहन स्वरुप थप सेवा सुविधा प्रबन्ध गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने । केही स्वास्थ्य संस्थामा लामो समय देखि तोकिएको जोखिम भत्ता स्वास्थ्यकर्मीहरुले नपाएको भन्ने सुन्नमा आएकोले त्यसका लागि सम्बन्धित निकाय संग पहल गर्ने ।

४.बाहिरी मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाईन सम्म पुग्न नसकेका र नपुगेका भए प्रशासन संग सहयोग लिई पुग्ने सक्ने वातावरणको सिर्जना गर्ने ।

५.खाद्यान्न, तरकारी, दुध, औषधी, पानी लगाएत दैनिक उपभोग्य सामानको खरिद गर्दा भिडभाड हुने भएकाले सजकता र एक अर्का बीच दुरी कायम गर्न सचेतना फैलाउने।

६.अति आवश्यक कार्य बाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरनै बसी केही समयलाई सामाजिक दुरी कायम गरिदिनुहुन अनुरोध गर्ने ।

७.सामाजिक संजाल, अनलाईन समाचार लगाएत अन्य समाचारका माध्यमबाट अपवाह फैलिने खालका समाचार भन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गरिदिनुहुन सम्पूर्ण संचार माध्यमहरु संग अनुरोध गर्ने । अपवाह फैलाईएको देखिए नियन्त्रण र कारवाहीको लागि प्रशासनलाई जानकारी गराउने ।

८.मास्क, औषधी, सेनिटाईजर, खाद्यान्न ग्यास लगाएत अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव र कालोबजारी देखिन सक्ने हुनाले यसरी कृत्रिम अभाव र कालोबजारी हुन नदिनका लागि प्रशासनलाई नियमित अनुगमनका लागि आग्रह गर्ने र कालोबजारी भएको देखिएमा नियन्त्रण र कारवाहीको लागि प्रशासनलाई सहयोग गर्ने ।

९.सकेसम्म लामो दुरीका सवारी साधनलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि यातायात व्यवसायी र प्रशासनलाई सहयोग गर्ने ।

१०.अन्त्यमा सम्पूर्ण निकायलाई आफु र आफु वरिपरिको वातावरणको सरसफाईमा ध्यान दिनुका साथै आफु सचेत भई अरुलाई पनि सचेत गराउँदै त्रसित नभई सजग रहनका लागि नेपाल तरुण दल केन्द्रिय समिति हार्दिक अनुरोध गर्दछ । 
 जय नेपाल ।

जित जङ्ग बस्नेत
 अध्यक्ष



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ