arrow

आइतबार उपत्यकामा ९ सय ५१ जनामा संक्रमण पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
semi-lockdown-nepal.jpg

काठमाडौँ । गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा ९ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाभित्र देशभर दुई हजार ५ सय ४८ मा सङ्क्रमण देखिएकामा काठमाडौँ उपत्यकामा मात्र ९ सय ५१ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

 काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणबाट उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै ७ सय ४० जना काठमाडौँका छन् । यस्तै भक्तपुरमा ५६ र ललितपुरमा १ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ