काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहले सरकारमा नजाने निर्णय गरेको छ ।
एमालेको नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टी भित्रको आन्तरिक एकताको प्रयासलाई जारी राख्ने निर्णय गर्दै तत्काल सरकारमा नजाने निर्णय गरेको हो ।
एमाले नेता रघुजी पन्तले बैठकले एकताको प्रयासलाई जारी राख्ने र तत्काल सरकारमा नजाने निर्णय गरेको जानकारी दिए । बैठकले नेताहरूले आफ्ना धारणा राख्दा जिम्मेवार र संवेदनशील हुनु पर्ने भन् पार्टीका वरिष्ठ नेता र अन्यमाथि अनेक प्रकारका टिप्पणी र लाञ्छना लगाउने काम भइरहेको प्रति चिन्ता व्यक्त गरेको नेता पन्तले जानकारी दिए ।
यसै गरी बैठकले पार्टी एकताको प्रयास जारी रहेको भन्दै सदस्यता नवीकरणसहितका काम रोक्न पनि अध्यक्ष केपी शर्मा ओली पक्षसँग आग्रह गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।