राष्ट्रका लागि बोझ बनेको प्रदेश संरचना खारेज गरौँ : कमल थापा
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
680
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रका लागि बोझ बनेको प्रदेश संरचना खारेज गर्न माग गरेका छन् ।
राप्रपा अध्यक्ष थापाले शुक्रवार पाँच दलीय सत्ता गठबन्धनले बनाएको कार्यदलले सरकार सञ्चालनका लागि प्रधानमन्त्रीलाई बुझाएको सरकारको न्यूनतम साझा कार्यक्रम प्रति आपत्ति जनाउँदै प्रदेश संरचना खारेजीको माग गरेका हुन् ।
थापाले न्यूनतम साझा कार्यक्रममार्फत सरकारले स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउन खोजेकोमा आपत्ति जनाउँदै यस्तो भनेका हुन् ।
सरकारको प्रस्तावित साझा न्युनतम कार्यक्रममा ‘स्थानीयतहलाई प्रदेश सरकार मातहत ल्याउने’ विषय समावेश हुनु गलत र आपत्तिजनक छ।
राष्ट्रकोलागि बोझ बनेको प्रदेशतह खारेज गरी स्थानीयतहलाई अझ बढी साधनश्रोत र अधिकार सम्पन्न तुल्याउनु पर्छ।सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड हो
‘सरकारको प्रस्तावित साझा न्यूनतम कार्यक्रममा स्थानीय तहलाई प्रदेश मातहत ल्याउने विषय समावेश हुनु गलत र आपत्तिजनक छ, वास्तवमा राष्ट्रका लागि बोझ बनेको अनावश्यक ‘प्रदेश तह’ खारेज गरी स्थानीय तहलाई अझ बढी साधन स्रोत र अधिकार सम्पन्न तुल्याउनु अहिले आवश्यकता हो ।’ थापाले भनेका छन् ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बनाइएको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेश मातहत राख्ने योजना अघि सारेको थियो ।