काठमाडौँ । नेपालमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको छ । बुधवार चार हजार १०७ जनामा सङ्क्रमण देखिएको छ । मंगलवार ३ हजार ३ सय ८३ जनामा संक्रमण देखिएको थियो ।
१६ हजार २९८ को परीक्षण गर्दा चार हजार १०७ जनामा सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा समीर कुमार अधिकारीले बताए ।
उनका अनुसार परीक्षण गरिएकामध्ये २६.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणमा दुई हजार ९७५ जना र एन्टिजेन परीक्षण गर्दा चार हजार १०७ जनामा सङ्क्रमण देखिएको छ ।
त्यसमध्ये काठमाडौँ उपत्यकामा एक हजार २७९ सङ्क्रमण देखिएको छ । भक्तपुरमा २०६ जना, ललितपुरमा १६५ जना र काठमाडौँमा ९०८ जना सङ्क्रमित भएका छन् ।
यस्तै विगत २४ घण्टामा ३५ जनाको निधन भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ९ हजार ९ सय ५७ पुगेको छ।