arrow

माओवादीको भौतिक र सञ्चारमा पनि दावी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
prachanda-chitwan-2019.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र सूचना तथा सञ्चार र भौतिक मन्त्रालय दावी गर्न प्रचण्डलाई दबाब परेको छ । प्रमुख मन्त्रालय मानिने अर्थ र उर्जा लिएर सरकारमा सहभागी भएको माओवादीमा सञ्चार र भौतिक मन्त्रालय पनि दावी गर्न प्रचण्डलाई दबाब परेको स्रोतको दावी छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीको तर्फबाट कसले नेतृत्व गर्ने भन्ने विषयमा नेकपा माओवादीभित्र विवाद कायमै रहेका बेला सञ्चारमन्त्रालय र भौतिक तथा यातायात मन्त्रालयका लागि पनि दावी गर्न नेताहरुले दबाब दिएका हुन् । परराष्ट्र मन्त्रालय उपेन्द्र यादव समूहलाई दिनेगरी बाँफाँड गर्न लागेका कारण माओवादीले सञ्चार र भौतिक दावी गरेको हो । 

सामान्यतयः गृह, अर्थ र सञ्चार प्रधानमन्त्री भएकै पार्टीले लिने प्राबधान रहेको छ । तर माओवादीले अर्थ सम्हालीसकेपछि सञ्चारमा समेत आँखा लगाएको हो । सञ्चारमा सबैभन्दा बढी परियोजनाहरु रहेका कारण पनि माओवादी नेताहरुले आँखा लगाएको स्रोतको दावी छ । 

मन्त्रीका लागि माओवादीभित्र नारायणकाजी समूहले लफडा गरिरहेका बेला प्रचण्डले परराष्ट्र मन्त्रालयमा खास दावी गरेका छैनन । श्रेष्ठको रुची परराष्ट्रमा भएकाले उनलाई सरकारमा पठाउनबाट रोक्न प्रचण्डले परराष्ट्र यादव पक्षको भागमा राखिएको एक पक्षको दावी छ । ‘नारायणकाजी श्रेष्ठलाई सरकारमा जानुपर्ने बाध्यता रहेको छ, उनले गोरखाबाट निर्वाचन जित्ने संभावना नभएको र सर्लाही ताकिरहेका बेला सरकारमा जाँदा सर्लाहीका लागि केही न केही गर्न सकिन्छ भन्ने बुझाई रहको छ’, माओवादी निकट स्रोतले भन्यो । 

प्रचण्ड समूह भने श्रेष्ठलाई सरकारमा सहभागी नगराउने र भौतिक र सञ्चारमा प्रचण्डकै खास मान्छेलाई दिने तयारीका साथ देउवासँग ती मन्त्रालयको लागि दबाब दिन लगाइएको हो । ‘यी दुई मन्त्रालयका लागि पार्टीभित्रै ठूलो दबाब छ भन्ने देखाएर प्रधानमन्त्री देउवासँग ती मन्त्रालय माग्ने प्रयास भैरहेको छ’, स्रोतले भन्यो। 

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने सरकारमा कसलाई पठाउने, के गर्ने, कुन मन्त्रालय लिने भन्ने बारेमा कुनै टुंगो नलागेको बताए । ‘सरकार जाने कुरा पार्टीको बैठकले तय गर्छ, मन्त्रालय कुन लिने भन्ने बारे गठबन्धनमा सहभागी दलहरुको कार्यदलले वा शीर्ष नेतृत्वले तय गर्छ’, प्रवक्ता श्रेष्ठले भने । 

तत्कालिन नेकपा कालमा पनि गोकुल बाँस्कोटाको बहिगर्मनसँगै प्रचण्डले सञ्चार मन्त्रालय मागेका थिए । गोकुल बाँस्कोटाले एक कार्यक्रममा प्रचण्डले भनेको मान्छे नियुक्ति नगरेका कारण आफ्नो विरोध गरेको समेत बताएका थिए । सञ्चार मन्त्रालय माग्नुका पछाडि माओवादीका अध्यक्ष प्रचण्डको मात्र होइन पार्टीभित्रैको रुची र जागरुकता रहेको स्रोतको दावी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ