स्वास्थ्यमन्त्री श्रेष्ठले राज्यबाट कुनैपनि सेवा सुविधा नलिने
निजी व्यवसायबाट कानूनी रुपमा अलग भएको घोषणा
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
301
Shares
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यबाट कुनैपनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । उनले सुरक्षाकर्मीको सुविधा भने लिनेछन् ।
पदभार सम्हालेको १० औं दिनमा आगामी सय दिनको कार्ययोजना प्रस्तुत गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।
मन्त्री पदमा रहुञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग रहँदै स्वार्थ नबाझिने कुनै पनि काम नगर्ने स्पष्ट पारे । मन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता नै खोपको व्यवस्थापन र वितरण रहेको बताए ।
उनले आफ्ना निजी व्यवसायबाट कानुनी रुपमा आफू अलग भएको घोषणा गर्दै भने, ‘राज्यमन्त्रीको जिम्मेवारी सम्हालेदेखि व्यक्तिगत व्यवसायबाट अलग हुने निर्णय गरेको छु। पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि व्यापार व्यवसायमा संलग्न नहुने घोषणा गर्दछु।’