arrow

माओवादी केन्द्रलाई मन्त्री छान्न सकस, स्थायी कमिटी बैठक स्थगित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
mahobadi-kendra.jpg

काठमाडौं । सोमबार आज दिउँसो तीन बजे बस्न लागेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पार्टी कार्यालय पेरिस डाँडामा बस्न भनिएको बैठक तयारी नपुगेकाले स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

विशेषत सोमबार बस्ने बैठकबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली टुंङ्याउने भनिएको थियो तर आन्तरिक कुरा नमिलेकाले बैठक स्थगित गरिएको बुझिएको छ ।

मन्त्री बन्ने आकांक्षी धेरै देखिएपछि आधिकारिक निर्णय गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समस्या भइरहेको स्रोतको भनाइ छ ।

माओवादी केन्द्रले बढीमा सात मन्त्रालय पाउने भएको संभावना छ । तर जनार्दन शर्मा र पम्फा भुसालको नाम सिफारिस गर्दादेखि नै पार्टी भित्र विवाद उत्पन्न भएको थियो ।

सत्तारुढ गठबन्धनका दलहरुभित्र मन्त्री छान्ने विषयमा कुरा नमिल्दा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेर बहादुर देउवाले अझै मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ