arrow

कान्द्रा नदीमा नुहाउने क्रममा दुई बालिकाको मृत्यु, एक बेपत्ता

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७८ साउन १५ शुक्रबार
kandra-river.JPG

लम्की । कैलालीको भजनी नगरपालिका भएर बग्ने कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर २ बालिकाको ज्यान गएको छ । अन्य एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।  

भजनी नगरपालिका वडा नम्बर ९ को डोमपुर स्थित कन्द्रा नदिमा नुहाउने क्रममा सोही ठाउँकी ३ बालिका डुबेर बेपत्ता भएका हुन । नुहाउने क्रममा डुबेर हराएका दुई बालिकालाई मृत अवस्थामा नदिबाट निकालिएको छ भने एक जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय धनबहादुर सिंहकी छोरी ९ बर्षिया लक्ष्मी सिंह र रामफल चौधरी की ७ वर्षीय छोरी जानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार बेपत्ता ६ वर्षिय अनु सिंहको खोजी भइरहेको छ। नदिमा नुहाउने क्रममा बालिका आज (शुक्रवार) दिउँसो ४ बजेतिर डुबेर बेपत्ता भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ