arrow

पार्टीको लेटर प्याड, छाप र अध्यक्षको नक्कली हस्ताक्षर प्रयोग गर्नेलाई कडा कारवाही हुन्छः माओवादी केन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १३ बुधबार
prachanda-chitwan-2019.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको लेटर प्याड, छाप र अध्यक्षको नक्कली हस्ताक्षर प्रयोग गरी गलत सूचना प्रवाह गरिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

माओवादी केन्द्र पार्टी कार्यालयका सचिब ढकालले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रविधिको दुरुपयोग गरी समाजमा भ्रम फैलाउने तत्वहरु माथि यथाशीघ्र अनुसन्धान गरी कडा कारबाहीको माग समेत राखेका छन् ।

‘किर्ते र झुठ प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरु र आम जनसमयुदायमा समेत हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कमरेड प्रचण्डको नक्कली हस्ताक्षर राखि सिंगो पार्टी पंक्ति, ५ दलीय गठवन्धन र आम जनसमुदायमा समेत भ्रम सिर्जना गर्ने कुत्सित उद्देश्यका साथ सामाजिक सञ्चालमा कथित मन्त्रिमण्डल बिस्तार सम्बन्धमा भनी गलत सुचना प्रवाह गरिरहेको सम्बन्धमा हाम्रो पार्टीको गम्भीर ध्यान आकृष्ट भएको छ ।’

‘केही अपराधिक, अराजक एवम् प्रतिगामी तत्वहरुले हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को लेटर प्याड, पार्टीको छाप र  अध्यक्ष कमरेड प्रचण्डको नक्कली हस्ताक्षर राखि सिंगो पार्टी पंक्ति, ५ दलीय गठवन्धन र आम जनसमुदायमा समेत भ्रम सिर्जना गर्ने कुत्सित उद्देश्यका साथ सामाजिक सञ्चालमा कथित मन्त्रिमण्डल बिस्तार सम्बन्धमा भनी गलत सुचना प्रवाह गरिरहेको सम्बन्धमा हाम्रो पार्टीको गम्भीर ध्यान आकृष्ट भएको छ ।

केही समय यता यस किसिमका प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बद्नाम गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु गर्दै आइरहेका छन् । यस किसिमका किर्ते र झुठ प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरु र आम जनसमयुदायमा समेत हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ । यस किसिमका प्रविधिको दुरुपयोग गरी समाजमा भ्रम फैलाउने तत्वहरु माथि यथाशीघ्र अनुसन्धान गरी कडा कारबाहीको माग गर्दछौं ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ