arrow

कांग्रेस महाधिवेशनको रन्को 

कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा, छानबिन समितिले प्रतिवेदन बुझाउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
nepali-congress-flag.jpg_1618043342.jpeg


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्दैछ । मंगलबार बिहान १० बजे बस्ने बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउने कार्यक्रम रहेको कांग्रेस पार्टी कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । 

बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी, छानबिन समितिसँगै निर्वाचन समितिसमेत सहभागी हुँदैछ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय भएको थियो । यसका लागि साउन १२ गते मंगलबारदेखि स्थानीय तहमा निर्वाचन प्रक्रिया शुरु हुनुपर्ने थियो । 

तर क्रियाशील सदस्यताको टुंगो नलागेपछि महाधिवेशनको निर्वाचन तालिका हेरफेर हुँदैछ । अब भने छानबिन समितिको प्रतिवेदनको आधारमा पदाधिकारी बैठकले निक्र्योल गरी निर्वाचनको नयाँ तालिका सार्वजनिक गर्न केन्द्रीय समितिको बैठक बस्नेछ । 
 
कतिपय जिल्लामा विवाद कायमै रहेको र पार्टी कार्यालयमा पनि अनसन जारी रहेको अवस्थामा त्यसलाई मिलाएर महाधिवेशनको वातावरण बनाउनु पर्नेमा जोड दिइएको छ । 

सत्ता सम्हाल्न पुगेको कांग्रेसलाई भदौभित्रै महाधिवेशन गर्नुपर्ने वाध्यता छ । तर केही दिन तलमाथि हुने नेताहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ