arrow

नेपाली काँग्रेस पार्टी र मेरो छवि धमिल्याउने प्रयत्न गरियो : मन्त्री थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
bindukumar-thapa-gandaki.png

पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले नेपाली काँग्रेस पार्टी र आफूलाई जोडेर अनर्गल प्रचार गरिएको भन्दै आपत्ति प्रकट गरेका छन् । साथै उनले पछिल्लो समय केही सञ्चारमाध्यमले मन्त्री नियुक्त सम्बन्धमा मेरो बारेमा प्रकाशन/प्रसारण गरेका केही समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

मन्त्री थापाले विज्ञप्ति प्रकाशित गरेर नेपाली काँग्रेसको कास्कीको राजनीति कमजोर बनाउने र आफ्नो छवि धमिल्याउने प्रयत्न गरिएको उल्लेख गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘अनावश्यक भ्रम सिर्जना गर्न प्रतिपक्षी उद्धत रहेको भन्दै उनले पार्टीकै केही पदाधिकारीले आफ्नो व्यक्तिगत स्वार्थका खातिर केन्द्रीय नेतृत्वलाई आक्षेप आउने गरी महाधिवेशनलाई नै प्रभाव पार्ने गरी पार्टी नीति विपरीत नै गुटगत रूपमा आक्रमण गर्न खोजिरहेको स्पष्ट नै छ ।’ 

लोकतन्त्र प्राप्तिको आन्दोलनमा लामो समय सहकार्य गरेका पार्टीका जिम्मेवार साथीहरू र मलाई जोडेर गरिएका अनर्गल प्रचारहरूका भ्रममा नपर्न समेत मन्त्री थापाले आग्रह गरेका छन् ।

‘मन्त्रीपरिषद्को सदस्यको नियुक्तिको सम्पूर्ण अधिकार मुख्यमन्त्रीमा निहित रहेको व्योहोरा यहाँहरू सबैलाई अवगत नै छ । नेपाली काँग्रेसको लागि मैले गरेको योगदान, प्रदेशसभा सदस्य निर्वाचित भएपछि सांसदको हैसियतमा संसदीय दलले दिएको जिम्मेवारीको पूर्ण सफल कार्यान्वयन, पछिल्लो समय गठबन्धनको सरकार निर्माणका बखत मैले खेलेको भूमिका लगायत म कानुनको विद्यार्थी भएको नाताले माननीय मुख्यमन्त्रीज्यूले मन्त्रिपरिषद्को सदस्यमा कानुन, सञ्चार तथा संसदीय मामिला मन्त्रीका रूपमा नियुक्त गर्नुभएको हो’, मन्त्री थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ