arrow

झलनाथ खनाललाई सरकारबाट गैर कानुनी उपचार खर्च नलिन अनुरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
jhalanath.jpg

काठमाडौं । विवेकशील साझा पार्टीले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपलब्ध गराएको उपचार खर्च गैर कानुनी रहेको जनाउँदै उक्त कार्य नगर्न सरकारलाई सचेत गराएको छ ।

आइतबार विवेकशील साझा पार्टीका सचिवालय सदस्य पुकार बम, संघीय समिति सदस्य हरीश भट्ट र बागमती प्रदेश संचार विभाग प्रमुख रन्जन कार्कीले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउँदै गैर कानुनी काम नगर्न अनुरोध गरेका छन् ।

ज्ञापन पत्रमा जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० मा अनुसार‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने कुरा स्पष्ट लेखिएको जनाइएको छ ।

‘हामी पुर्व प्रधानमन्त्री झलनाथ खनाललाई गैर कानुनी उपचार खर्च नलिन अनुरोध गर्दछौं’ ज्ञापन पत्रमा भनिएको छ,‘नेता खनाललाई नेपालको पूर्व प्रधानमन्त्री र नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेताको रूपमा हामी उहाँलाई सम्मान गर्दछौं र आवश्यक परे हामी नागरिक स्तरमा उहाँको स्वास्थ्योपचार खर्च जुटाउन पहल गर्न तैयार छौं, तर उहाँको लागि भनेर सरकारले गैर कानुनी रूपमा खर्च वितरण नगरोस् भनेर सचेत गराउन चाहन्छौं।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ