arrow

ओली सरकारका गैरकानुनी सेटिङहरु एक एक गरी भत्किनेछन् : प्रचण्ड

मन्त्रीहरुलाई लापरबाही नगर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ९ शनिबार
prachanda.JPG

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई राम्रो काम गर्न ठूलो चुनौती रहेकाले मन्त्रीहरुलाई लापरबाही नगर्न निर्देशन दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस आज शनिबार कम्युनिस्ट पार्टीहरुले विशेष कार्यक्रमलाई सम्बोधन गर्दै हामीले ठूलो अवसर त प्राप्त भएको तर चुनौती रहेको औंल्याए ।

‘हामीसँग ठूला ठूला चुनौतीहरु छन् । त्यसैले यतिबेला मन्त्रीहरुले साना साना भएपनि राम्रा काम गर्नुपर्छ । यतिबेला मन्त्रीहरुलाई लापरवाही गर्ने छुट छैन,’ उनले भने,‘सरकारले जनताको जीवन रक्षा पहिलो प्राथमिकता राख्नु सकरात्मक भएकाले मन्त्रीहरुले सोही अनुरुप अवसरलाई सफल बनाउनहोस ।’

उनले आफूभित्रको फोहोरमैला टकटक्याएर असम्भवलाई सम्भव बनाउने अवसर प्राप्त भएकाले ओली सरकारले गरेका गैरकानुनी सेटिङहरु एक एक गरेर भत्काउने बेला आएको बताए । यतिबेलाको प्रतिक्रियावादीहरु यो गठबन्धन टुटाउन लागिरहेकाले सचेत भएर लाग्न सबैलाई आग्रह गरे । अहिले पनि देउवा नेतृत्वको सरकार झन्डै दुई तिहाइको रहेकाले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा बिहान श्रद्धाञ्जली कार्यक्रम गरेको हो । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने नेताहरुमध्ये कर्माचार्य पनि एक थिए । विसं १९८१ कात्तिक १४ गते ललितपुरमा जन्मेका कर्माचार्यको ८९ वर्षको उमेरमा २०७० साउन ९ गते निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ