arrow

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बुढानिलकण्ठमा, महाधिवेशन कार्यतालिका हेरफेर हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ९ शनिबार
duba-home.jpg
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गर्न शीर्ष नेताहरु सभापति शेर बहादुर देउवा निवास बुढानिलकन्ठमा जुटेका छन् ।

शनिबार विहान १० बजेदेखि शुरु भएको पदाधिकारी र पूर्वपदाधिकारीको सम्मिलित बैठक महाधिवेशनको कार्यतालिका र सरकार विस्तारका विषयमा केन्द्रीत हुने नेता कृष्ण सिटौलाले जानकारी दिए । ‘बैठकमा क्रियाशील सदस्यता विवाद, पार्टीको महाधिवेशनको तयारी साथै सरकारको भावी रणनीतिका बारेमा छलफल हुनेछ, सिटौलाले भने ।

यसअघि शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धबारेमा छलफल भएको थियो ।

बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिका संयोजकले प्रारम्भिक प्रतिवेदन पेश गरेका थिए । दुवै प्रतिवेदनमाथि छलफलपश्चात शनिबार पुनः बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा थप निर्णय हुने बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ