arrow

विधि र कानुन मिच्दा के हुन्छ प्रकाशमानले गराए स्मरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
prakashman.PNG

काठमाडौं ।  प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सत्तारुढ दलका नेताहरुले विगतको सरकारले विधि र कानून मिच्दा सङ्कट पैदा भएको उल्लेख गर्दै पाँच दलको प्रयास र अदालतको आदेशले मुलुकलाई दिशाहीन अवस्थाबाट निकास दिन सफल भएको बताएका छन् ।

बैठकमा नेपाली काँग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफ्नै पार्टीलाई व्यवस्थित गर्न नसकी विधि मिचेर अघि बढेकाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको बहुमतको सरकार बाहिरिनुपरेको घटना स्मरण गराए ।

उनले पार्टी विधि र प्रक्रिया मिचेर प्रक्रिया नपअनाइ जान खोज्दा संविधानको रक्षाका लागि दल मिलेर संवैधानिक र राजनीतिक बाटो अपनाउने गरी अघि बढेको पनि बताए । उनले सत्तामा हुँदा एउटा कुरा गर्ने र विपक्षमा बस्दा अर्को कुरा गर्दा त्यसलाई कसैले पनि महत्व नदिने बताए । 

कानूनअनुसार नचल्दा के हुन्छ भन्ने उदाहरणस्वरुप नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको उनको भनाइ थियो । विगत साढे तीन वर्षको समयमा तत्कालीन सरकारले पानीजहाज चलाउने, रेल गुडाउने योजना पूरा गर्न नसकेकोप्रति व्याङ्ग्य गर्दै नेता सिंहले बर्तमान सरकारले संविधानको भावना, मर्म र विधिको शासन पालना गरेर आफ्नो कार्य अघि बढाउने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री देउवाले कोरोना भाइरस नियन्त्रण र खोपका बारेमा विश्वासको मत लिने दिनमा नै प्रतिबद्धता जाहेर गर्दै खोप, खोप र खोप भनेर तेहेर्‍एको सन्दर्भ जोड्दै नेता सिंहले प्रतिबद्धता पूरा गर्न ध्यानाकर्षण गराए । उनले वर्तमान सरकारले कोरोना भाइरस जस्तै मुलुकमा फैलिएको भ्रष्टाचारको भाइरसलाई पनि सफलताका साथ नियन्त्रण गर्ने विश्वास व्यक्त गरेका छन्। 

संविधानको भावना र मर्मअनुरुप लोकतन्त्रलाई संस्थागत गर्न आएको विधेयक विगतको सरकराले ध्यान नदिँदा थाति रहेको उल्लेख गर्दै उनले त्यसलाई सहजरुपमा अघि बढाउन पनि अनुरोध गरे । 

कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न र अग्रपङ्क्तिमा खटिनेको मनोबल बढाउने काममा लाग्न सररकालाई सुझाव दिए । आर्थिक क्षेत्र चलायमान गराउने सन्दर्भमा नागरिक र दल सबैको विश्वास आर्जन गर्दै नेपाली काँग्रेस भरोसाको पार्टी हो भनेर स्थापित गर्न पनि अनुरोध गरे । 

नागरिकले चाहेअनुसारको गतिविधिलाई व्यवस्थापन गर्दै सरकार राष्ट्रिय हितलाई ध्यान राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले सन्तुलितरुपमा परराष्ट्र नीति अघि बढाउन पनि अनुरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ