arrow

क्रियाशील सदस्यता विवाद : अनशनरत नेतासँग वार्ता गर्ने जिम्मा महत दाजुभाइलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
mahat-brother.jpg

काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशील सदस्यताको विषयलाई लिएर अनसनरत पक्षसँग वार्ता गर्ने जिम्मा काँग्रेसले पूर्व सह महामन्त्री डा. रामशरण महत  र सह महामन्त्री डा. प्रकाशसरण महतलाई दिएको छ ।  

शुक्रवार बिहान प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले सदस्यताको विषयलाई लिएर जारी अनसनलाई अन्त्य गर्ने जिम्मा महत द्वयलाई दिएको हो ।  उनीहरू दुवै जना दाजुभाइ हुन् । पार्टी भित्र प्रकाशसरण संस्थापन समूहमा छन् भने रामशरण वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा छन् ।

क्रियाशील सदस्यताको विषयलाई लिएर काँग्रेसको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय १३ दिनदेखि अनसन चल्दै आइरहेको छ । सोही कारण सदस्यताको विवाद नै नमिलेको भन्दै पार्टी नेतृत्वमाथि दबाब पनि बढेको छ ।  सोही दबाबपछि सभापतिले महत दाजुभाइलाई धर्ना र अनसन बसेकाहरूसँग छलफल गरी समस्याको समाधान खोज्न जिम्मेवारी दिएका हुन् । विवाद समाधान उन्मुख नहुँदा अन्य जिल्लामा समेत क्रियाशील सदस्यताको विवाद बढ्न थालेका छन् । सर्लाहीबाट निर्वाचित सांसद अमरेशकुमार सिंहले सोही कारण देखाएर पार्टी सभापतिलाई राजीनामा नै बुझाइसकेका छन् । 

सानेपामा हाल बाराबाट आएका काँग्रेसका जिल्ला तहका नेता तथा कार्यकर्ताहरू धर्नामा छन् । यस्तै सभापति देउवा निकट नेता कार्यकर्ताहरू पनि बिहीबारबाट पार्टी कार्यालयमा धर्नामा बसेका छन् ।  सदस्यता सम्बन्धी विवाद सर्लाही, धनुषा लगायतका जिल्लामा पनि देखिएको छ । यी दुवै जिल्लाका नेताकार्यकर्ताहरु सदस्यतामा मनोमानी भएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा अनसनमा बस्दै आइरहेका छन् । 

धनुषाका काँग्रेस नेता तथा पूर्व राष्ट्रपति रामवरण यादवका छोरा चन्द्र मोहन यादव आफैँ सानेपामा धर्नामा छन् । सर्लाहीका नेता राम गोविन्द राय पनि धर्नामा छन् ।  सह महामन्त्री महतले सदस्यताको विषयमा देखिएको विवाद र धर्नाको अन्त्यका लागि आजैबाट काम सुरु गर्ने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ