arrow

काँग्रेस पदाधिकारी बैठक : अधिवेशन सार्ने विषयमा छलफल

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन ८ शुक्रबार
duba-home.jpg
फाइल तस्बिर

काठमाडौँ। महाधिवेशनका विषयमा छलफल गर्न भन्दै १० बजे सुरु भएको नेपाली काँग्रेसको पदाधिकारी बैठक अझै जारी छ। प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा जारी बैठकमा पार्टीको वडादेखि केन्द्र तहसम्मको अधिवेशन सार्ने विषयमा छलफल भइरहेको छ। 

बैठकमा सहभागी काँग्रेस नेता प्रकाश सरण महतले अधिवेशनका सन्दर्भमा बैठक केन्द्रित रहेको र पूर्व निर्धारित कार्य तालिका हेरफेर गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

उनका अनुसार वडा तहको अधिवेशनलाई केही पर पार्ने विषयमा छलफल केन्द्रित छ। पूर्व घोषित कार्य तालिका अनुसार वडा तहको अधिवेशन १२ साउनका लागि तोकिएको छ।

काँग्रेसको गत ४ असार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औँ महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो। 

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिबाट भएका कामको प्रगतिबारे समितिका संयोजक रमेश लेखकले जानकारी गराइरहेका छन् । यस्तै निर्वाचन समितिका संयोजक महादेव यादवले समेत आवश्यक तयारीबारे जानकारी गराएका छन्।

यस्तै सदस्यताका विषयमा दशेभर देखिएका विवादका विषयमा पनि बैठकमा छलफल भइरहेको छ। पार्टी कार्यालयमा जारी धर्नादेखि जिल्ल जिल्लामा भइरहेका विवादका विषयमा पनि बैठकमा छलफल भएको छ। बैठकमा पदाधिकारीसहित पूर्व पदाधिकारी सहभागी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ