arrow

सरकारको काममा सहजीकरण गर्न बन्यो ७ सदस्सीय कार्यदल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
Purna-Bahadur-Khadka-Congress.jpg.jpeg

काठमाडौं । सरकार संचालनमा सहजीकरणका लागि भन्दै सरकार आबद्ध गठवन्धनमा रहेका दलहरुको कार्यदल बनाइएको छ ।

बिहीबार कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्सीय कार्यदल गठन गरिएको हो । कार्यदलमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) र नेपाली कांग्रेसबाट दुई दुई जना सदस्य तोकिएका छन् ।

कार्यदलको संयोजकमा खड्कासहित सदस्यहरुमा डा.मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाको यादव पक्षबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव तोकिएका हुन् ।

कार्यदलले मन्त्रालय बाँडफाँडका लागि गठवन्धन भित्र छलफल गर्ने छ भने राजनीतिक नियुक्तिमा मापदण्ड बनाउने तथा सरकारको काम कारवाहीका लागि साझा नीति तथा कार्यक्रम तय गर्ने कार्यदलका सदस्य पुनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ