arrow

कांग्रेस सांसद अमरेशकुमार सिंहले देउवालाई बुझाए राजीनामा पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
amresh.JPG

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अमरेशकुमार सिंहले बुधबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्।

सर्लाही निर्वाचन क्षेत्र नं बाट निर्वाचित उनले पार्टीको क्रियाशील सदस्यतामाथि भएको छानबिनप्रति असन्तुष्टी जनाउँदै सभापति शेर बहादुर देउवालाई राजीना पत्र बुझाएका हुन् ।

सिंहले प्रदेश नम्बर २ मा कांग्रेस उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारप्रति चिन्ता व्यक्त गर्दै राजीनामा बुझाएको बताएका छन् । निष्ठावान युवालाई नसमेटी मनोमानी तरिकाले क्रियाशील सदस्यता वितरण भएको उनको आरोप छ ।

उनले महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीमा उत्पन्न विवादले पार्टीलाई चुस्त र गतिशील बनाउन अवरोध गरेको पनि बताएका छन् ।

पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै कांग्रेस पार्टी कार्यालयमा सर्लाहीलगायत धनुषा, बाराका नेता तथा कार्यकर्ता धर्नामा छन् । धर्नामा बसेकाहरुको मागमा ऐक्यवद्धता जनाउँदै सांसद सिंहले राजीनामा बुझाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ