arrow

क्रियाशील सदस्यता विवादले कांग्रेसमा किचलो : सांसद अमरेशकुमार सिंहले राजीनामा दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
amresh.JPG
फाइल तस्विर।

काठमाडौं । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै कांग्रेस भित्र किचलो बढेको छ ।  कांग्रेस सांसद अमरेशकुमार सिंहले सदस्यता वितरणमा मनोमानी भएको र पार्टी नेतृत्वले चासो नदेखाएको भन्दै सांसद पदबाट नै राजीनामा दिने तयारी गरेका छन् । 

उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई अहिले ६ बजे वालुवाटारमा भेट गरी राजीनामा दिने हाम्राकुरालाई जानकारी दिए । 

‘पार्टीमा मनोमानी हाबी भयो, विधि, नीति, निर्देशिका सबै पाखा लगाइयो, दुःख गर्ने कार्यकर्तालाई पाखा लगाएर कार्यकर्ता भर्ती गर्ने काम सहन सकिएन, मैले राजीनामा दिँदै छु, अब म सामान्य कार्यकर्ता भएर देशभरका साथीहरूमाझ पुग्छु,’ कांग्रेस नेता अमरेशकुमार सिंहले भने । 

उनको गृह जिल्ला सर्लाही हो । त्यहाँ क्रियाशील सदस्यतामा मनोमानी भएको भन्दै जिल्ला सभापतिसहित चारवटै निर्वाचन क्षेत्रका प्रतिनिधिहरूले आपत्ति जनाउँदै आइरहेका छन् । 

यस्तै सर्लाही क्षेत्र नम्बर ४ बसबरिया गाउँपालकिा १ का रामगोवन्दि रायले बुधवारबाटै पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसनसमेत शुरु गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ