arrow

मादीका युवा कांग्रेसमा प्रवेश

logo
हरि पन्त,
प्रकाशित २०७८ साउन ५ मंगलबार
congress-karyakarta.jpg

पोखरा । कास्कीको मादी गाउँपालिकामा विभिन्न गतिविधिमा सक्रिय दुई युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसमा प्रवेश गर्नेमा मादी गाउँपालिका वडा नं. ६, चिप्लीका पूर्व भलिवल खेलाडी पूर्ण गुरुङ (लाला) र युवा प्रवीन गुरुङ रहेका छन् । 

उनीहरुलाई सोमबार आयोजित एक कार्यक्रमबीच कांग्रेसमा प्रवेश गराइएको हो । कांग्रेस मादी सभापति देवीजंग गुरुङ, महिला नेतृ सरस्वती गुरुङ, नेपाल तरूण दल कास्कीका सभापति मनोज गुरुङ, उपसभापति दीपक गुरुङ (माईला), सचिव पूजन थकाली, तरूण नेता विशाल गुरुङ र नन्दराज गुरुङले उनीहरुलाई पार्टीमा प्रवेश गराएर सदस्यतासमेत प्रदान गरे ।

कांग्रेसमा प्रवेश गरेका लालाले देशको भविष्य फेर्ने एकमात्र पार्टी कांग्रेस भएकोले आफ्नो र देशको भविष्य पनि कांग्रेसमा नै सुरक्षित हुने देखेर कांग्रेस रोजेको बताए ।

उनले भने, ‘मलाई अन्य पार्टीका विभिन्न तहका नेताहरुले निकै कर गरेका थिए । तर म पर्ख र हेरको अवस्थामा थिएँ । अहिले निश्चित भएर कांग्रेसमा आएको हुँ ।’ उनले देशको जनमत कम्युनिष्टसंग भए पनि कम्युनिष्टहरु कुहिएका आलु भन्दा बढी गन्हाउने भएको बताए । 

अर्का युवा प्रवीनले युवाको भविष्य कांग्रेसमा मात्र सुरक्षित हुने बताए । उनले आफ्नो गाउँमा २०५९ सालमा नै वत्ति पुर्याउने पार्टी कांग्रेस भएको र कांग्रेसमै लागेर केही गर्न सकिने विश्वास आफूमा रहेको बताए । उनले पार्टीले जे जिम्मेवारी दिन्छ त्यो कर्तव्यनिष्ट भएर पूरा गर्ने र जनताको सेवामा अहोरात्र खटिने प्रतिवद्धता जनाए । 

उक्त अवसरमा पार्टी सभापति देवीजंग गुरुङले देशको नेतृत्व कांग्रेसले गरेसंगै जनतामा आशाको किरण छाएको बताए । उनले देश र जनताको भविष्य सोच्ने पार्टी कांग्रेसमात्र भएको उल्लेख गर्दै कम्युनिष्टले जनतालाई दिउँदै देखाएको सपनाले देश बर्वादीमा पुगेको बताए । 

सभापति गुरुङले जनमत कांग्रेसको पक्षमा आइसकेकाले अब कांग्रेस शक्तिशाली पार्टी बन्ने ठोकूवा गरे ।
महिला नेतृ सरस्वती गुरुङले कांग्रेस भ्रम र झुटको खेती गरेर होइन काम गरेर देखाउने पार्टी भएको भन्दै कम्युनिष्टले देखाएको झुटो सपना घामजस्तै छर्लंग भएको बताइन् ।
तरुण दल कास्कीका सभापति मनोज गुरुङले कांग्रेसप्रति युवाहरुको आकर्षण बढ्दै जान थालेकोले अब कांग्रेसलाई देशकै लोकप्रिय र ठूलो पार्टी बनाउन कसैले रोक्न नसक्ने ठोकुवा गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ