arrow

अर्घाखाँची काँग्रेसमा महाधिवेशनको सरगर्मी: युवा नेताहरु सक्रिय, आकांक्षी आधा दर्जन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
congress-Agrakhachhi.jpg

अर्घाखाँची । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय नेतृत्वका लागि रस्साकस्सी जति बढ्दो छ, जिल्ला नेतृत्वका लागि पनि उत्तिकै कसरत भइरहेको छ ।

कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २३ गते जिल्ला नेतृत्वको चयनका लागि अधिवेशन हुँदैछ ।

१३ औं महाधिवेशनमा जिल्ला सभापतिमा विष्णु खनाल ‘मुस्कान’ सर्वसम्मत बनेका थिए । स्थानिय निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन उल्लेखनिय भुमिका खेलेका मुस्कानले लुम्बिनी प्रदेशको पदाधिकारीमा पौडेल पक्षबाट दाबी गरेका छन् ।

सबैभन्दा पहिले क्रियाशील सदस्यताको सूची केन्द्रमा बुझाउने जिल्ला बनेको अर्घाखाँची कांग्रेसको नेतृत्व लिन झण्डै आधा दर्जन नेताहरु प्रत्याशी बनेका छन् ।

जिल्ला सभापतिको नेतृत्व लिन युवा नेताहरु अग्रसर छन् । १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधीमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका इन्द्रमणि पौडेल सभापतिका बलिया दाबेदार रहेको बुझिन्छ ।

महाधिवेशन प्रतिनिधि पौडेल अर्घाखाँची कांग्रेसका युवा नेता हुन् । उद्यमशीलता र युवा रोजगारीलाई प्राथमिकता दिएको बताउने पौडेलले आसन्न जिल्ला अधिवेशनमा सभापतिमा आकांक्षा राखेका छन् ।

जिल्ला सभापतिको दावेदारका रुपमा दक्षिण अर्घाखाँचीका पुराना नेता एवं वर्तमान सचिव छविलाल पौडेल छन्। अर्घाखाँची कांग्रेसका पाका नेता पौडेल यसपटक सभापति हुन लबिङ्गमा लागेका छन् ।

महिला नेतृ समेत रहेकी महिला संघका जिल्ला अध्यक्ष तथा काँग्रेस उपसभापति शान्ता भण्डारी पनि सभापतिको दाबेदार हुन । महिलाहरुलाई पार्टीमा आकर्षित गराउन १४ औं महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार हुने बताइन् ।

शिक्षक संघका अध्यक्ष रहेका यादवप्रसाद घिमिरे अर्घाखाँची कांग्रेसको सभापतिका अर्का दावेदार हुन् । नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष रहेका घिमिरे अधिवेशनमा प्रतिस्पर्धा गर्न शिक्षक पेशाको जागिर छोडेर मैदानमा उत्रने चर्चा छ ।

महासमिति सदस्य केशव श्रेष्ठको नाम पनि सभापतिको उम्मेदवारका रुपमा चर्चामा छ । तरुण दल हुँदै पार्टी राजनीतिमा सक्रिय श्रेष्ठले सभापति बन्न उम्मेदवारी दिन लागेका हुन् । काँग्रेसका पुर्व जिल्ला सहसचिव बाबुराम पौडेल पनि सभापतिका दाबेदार हुन । समाजसेवामा सक्रिय पौडेल सभापति बन्न चाहेको बताए ।

महाधिवेशनमा अर्घाखाँचीमा देउवा पक्ष र पौडेल पक्षको लडाई हुने देखिन्छ । पौडेल पक्षका शान्ता भण्डारी, छविलाल पौडेल, केशव क्षेष्ठ हुन् । यादव घिमिरे भने देउवा निकटका हुन । घिमिरे काँग्रेसका केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र मानबहादुर विश्वकर्मासँग नजिक छन् । बाबुराम पौडेल भने देउवा निकट बालकृष्ण खाणसँग नजिक छन् ।

महाधिवेशन प्रतिनिधी इन्द्रमणि पौडेल भने कुनै गुटमा देखिएका छैनन् । युवा स्वरोजगार दिलाएको भन्दै जित सुनिश्चित हुन युवा टिमबाटै उम्मेदवार बन्ने सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ