arrow

यो फगत कांग्रेसको जित होइन संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरको जित हो : निधि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
nidhi-spastikaran-news-a.jpeg

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनु भनेको फगत कांग्रेसको विजय नभइ संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सबैको विजय हो भनेका छन् ।

आइतबार राति सामाजिक संजालमार्फत देउवालाई बधाई दिंदै निधिले हामीले हालसम्म प्राप्त गरेका राजनीतिक उपलब्धी मासेर मुलुकलाई निरंकुशतातर्फ लैजाने यसअघिको सरकारको प्रयास विफल पार्न कांग्रेसले नेतृत्व गरेको मार्गमा हिँड्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

उनले अब अब शासन व्यवस्था सुदृढ पार्दै मुलुकमा व्याप्त समस्या समाधान गर्ने कांग्रेस नेतृत्वको सरकारको कदममा साथ दिन सबैमा आब्हान समेत गरेका छन् ।
 
लोकतन्त्रको विजय भयो 
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवा ज्यूले आज प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएकोमा हार्दिक बधाई व्यक्त गर्दछु। प्रधानमन्त्री देउवाले प्राप्त गर्नुभएको विश्वासको मत फगत कांग्रेसको विजय हैन, यो त संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सबैको विजय हो। हामीले हालसम्म प्राप्त गरेका राजनीतिक उपलब्धी मासेर मुलुकलाई निरंकुशतातर्फ लैजाने यसअघिको सरकारको प्रयास विफल पार्न कांग्रेसले नेतृत्व गरेको मार्गमा हिँड्ने सबै धन्यवादका पात्र हुनुहुन्छ। अब शासन व्यवस्था सुदृढ पार्दै मुलुकमा व्याप्त समस्या समाधान गर्ने कांग्रेस नेतृत्वको सरकारको कदममा पनि यहाँहरूको साथसमर्थन रहोस्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ