arrow

कांग्रेसमा क्रियाशील सदस्यता विवाद कायमै, आइतबार तीन जना वीपीनगरमा आमरण अनसन बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
nepali-congress-flag-tree.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदै गर्दा अहिलेसम्म क्रियाशील सदस्यहरुको टुङ्गो लाग्न सकेको छैन । छानबिन समितिले सबैजसो स्थानको विवाद टुङ्गिसकेको दाबी गरे पनि धनुषा जिल्लाको विवाद अझै सुल्झेको छैन । 

सदस्यता वितरणमा व्यापक धाँधली भएको भन्दै पार्टी केन्द्रीय मुख्यालय वीपीनगरमा लामो समयदेखि धर्ना चलिरहँदा पनि कुनै सुनुवाई नभएपछि आइतबार (साउन ३ गते) देखि धनुषाका तीन नेता आमरण अनसनमा बस्ने भएका छन् । 

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले ‘लगातार धर्नामा बसी पार्टी स्रोतको गम्भीर ध्यानाकर्षण गराउँदा पनि यथोचित सम्वोधन र चासोसमेत नदिएकाले र विगतमा नेपाली कांग्रेस क्रियाशील छानबिन समितिमा र केन्द्रीय कार्यसमितिमा लिखित जानकारी दिइसकेको एवं जिल्लाको प्रारम्भिक छानबिन समितिले सर्वसम्मत निर्णय गरी समेत प्रतिवेदन पेश गरिसकेकाले सो उपर सुनुवाई नभएको हुँदा हामी वाध्य भई यो धर्ना कार्यक्रमलाई अझ सशक्त रुपमा प्रस्तुत गर्दै’ भन्दै आमरण अनसन बस्न लागेको बताएका छन् । 

तीन जना आमरण अनसनमा बस्दैछन् । तिनीहरुमा पूर्व सांसद डा. चन्द्रमोहन यादव, महासमिति सदस्य रामपल्टन शाह र तरुण दल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक रहेका छन् । 

उनीहरुले आइतबार बिहान ११ः३० बजेदेखि आमरण अनसन बस्ने पनि जानकारी गराएका छन् । 

उनीहरुलाई पूर्व सांसद प्रेमकिशोर प्रसाद साह, महाधिवेशन प्रतिनिधि रामउदय यादव, सबैल नगरपालिकाका नगर सभापति विजयशंकर साह, नगर सभापति रामसत साह, प्रदेशसभा क का सभापति संजयकुमार महतो, जिल्ला सदस्य साकिर राइन रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ