arrow

घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न देउवाको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २ शनिबार
ser badhur-NPU.jpg

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानबिन समितिका सदस्य एवम केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न निर्देशन दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कारवाहीका लागि निर्देशन दिएका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौलासहित शनिबार बसेको पदाधिकारी बैठकमा भएको छलफल एवं परामर्शपछि देउवाले कारबाहीको निर्देशन दिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतसमेतका व्यक्तिहरुसँग २४ घन्टाभित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम तीन दिनभित्र कारबाहीको टुंगो लगाउन देउवाले अनुशासन समितिलाई निर्देशन दिएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ