arrow

कांग्रेस महाधिवेशन र सरकारका बिषयमा तीन कोइरालाबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २ शनिबार
koirala-famaly.jpg

काठमाडौं। पार्टी पदाधिकारी वैठकले तोकिएकै मितिमा महाधिवेशन गर्ने प्रतिवद्धता जनाएपछि नेपाली कांग्रेसका नेताहरु फेरि आपसी रणनीति बनाउन व्यस्त छन्।

केहि समय अघी उपसभापति विमलेन्द्र निधीबाट शुरु भएको लञ्च मिटिङको शुरुवात विभिन्न नेताहरुले जारी राखेका छन्। निधी हुँदै डा शशांक कोइराला र प्रकाशमान सिंहको निवासमा समेत भएको लञ्च मिटिङ र भेटघाटको श्रृंखला अन्य नेताहरुकोमा पनि जारी छ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले संस्थापन इतरका पार्टी सभापतिका आकांक्षीहरुलाई एक ठाउँमा राखेर साझा उमेद्वार बनाउन दवाव सिर्जना गरेका थिए भने दोस्रो पुस्ताका नेताहरुसँग पनि छुट्टै भेटघाट राखेर नेतृत्व तहलाई दवाव बढाएका थिए। यहि बीचमा सुजाता कोइरालाले पनि रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग एकैपटक भेट गरिन्।

शनिवार भने कांग्रेस महामन्त्री डा शशांक कोइरालाले आफ्ना दाई डा.शेखर कोइराला र दिदी सुजाता कोइरालालाई महाराजगञ्जस्थित कोइराला निवासमा निम्त्याएर लञ्च मिटिङ गरेका छन्। १४ औं महाधिवेशनमा साझा उम्मेदवार तय गर्न भन्दै कोइराला परिवार लञ्च मिटिङमा बसेका हुन्।

तीन कोइरालाबीचमा खासगरि आसन्न महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार बनाउने विषयमा छलफल भएको छ। क्रियाशील सदस्यता छानबिनमा देखिएको समस्या र निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्ने विषयमा पनि छलफल भएको महामन्त्री कोइराला निकट स्रोतले जनाएको छ।

सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा सरकार विस्तारको तयारीमा रहेकै बेला सरकारमा पठाउने नामको बारेमा पनि तीन कोइरालाबीच छलफल भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ