arrow

काँग्रेसको बैठक तथा छलफलहरू बालुवाटारमा नबस्न दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २ शनिबार
congress-baluwater-meeting.jpg

काठमाडौँ । नेपाली काँग्रेसको बैठक तथा छलफलहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्न दबाब बढेको छ । 

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार सरेकै दिन पार्टी बैठक बोलाएर राज्य कोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिन खोजेको भन्दै बृहत् नागरिक आन्दोलन अभियानले आपत्ती प्रकट गरेको छ ।

बालुवाटारलाई पार्टी बैठक स्थल मात्र होइन,पार्टी नेता कार्यकर्ताको आश्रय/विश्राम/भेटघाट स्थल नबनाउन र जोखिमपूर्ण जीवनयापन गरिरहेका जनताबाट सङ्कलित करको अपमान नगर्न भन्दै अभियानले सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै वरिष्ठ पत्रकार तारानाथ दाहालले पनि बालुवाटारलाई प्रधानमन्त्रीको निजी आवास र सामान्य शासकीय कार्य गर्ने बाहेक पार्टी बैठक, भेला तथा अन्य सभा गर्ने ठाउँ नबनाउन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रधानमन्त्री निवास बालुवाटार राज्य कोषबाट चल्छ। त्यहाँ हुने खर्च जनताको रगत पसिना हो। त्यसको व्यवस्थापन र त्यसप्रतिको जबाफदेहिता नेपाल सरकारको हो। त्यसैले बालुवाटारलाई प्रधानमन्त्रीको निजी आवास र सामान्य शासकीय कार्य गर्ने बाहेक पार्टी बैठक, भेला तथा अन्य सभा गर्ने ठाउँ नवनाऔॅ।’ 

सभापति देउवाले बालुवाटार सरेकै दिन शुक्रवार पदाधिकारी बैठक बालुवाटारमै बोलाएका थिए । बैठकमा महाधिवेशन केन्द्रित विषयमा मात्रै छलफल भएको नेताहरूले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ