arrow

मन्त्रीहरुको नामावली र महाधिवेशनबारे सल्लाह गर्न पौडेल समूह आन्तरिक छलफलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
Ramchandra-Poudel.jpg

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने थप मन्त्रीहरुको नाम टुङ्गयाउन नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु महामन्त्री डा.शंशाक कोइराला निवास महाराजगन्जमा छलफलमा जुटेका हुन् ।

छलफलमा पार्टीको आसन्न महाधिवेशन, क्रियाशील सदस्यता छानविन र सरकारमा आफ्नो समूहको सहभागिताबारे छलफल हुने बताइएको छ ।

सभापति शेरबहादुर देउवाले कुन मोडालिटीमा मन्त्रीहरुको भागवन्डा गर्ने भन्नेबारे सल्लाह नगरेको र पदाधिकारी बैठक लगातार दोस्रो दिन पनि स्थगित गरेपछि पौडेल पक्ष छलफलमा जुटेको हो ।

संस्थापन समूहबाट गृहमन्त्रीमा वालकृष्ण खाँड र कानुनमन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की नियुक्त भएपनि कांग्रेसका तर्फबाट अन्य को को मन्त्री बन्ने भन्नेबारे अन्योल छ । 

 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ