arrow

शिक्षालाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
congress-education.JPG

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेस शिक्षा विभागले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

 विभागका प्रमुख हरिप्रसाद नेपालका अध्यक्षतामा बुधवार बसेको बैठकले  प्रधानमन्त्री बनेकामा पार्टी सभापतिसमेत रहेका देउवालाई बधाई दिँदै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो । 

बैठकले शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दिगो आर्थिक विकासको लक्ष्य, सुशासन र समृद्धितर्फ मुलुक अगाडि बढ्न नसक्ने तथा शिक्षा नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषयसमेत भएको नित्कर्षका साथ शिक्षा मन्त्रालयको जिम्मेवारी कांग्रेसले लिनुपर्ने निर्णय गरेको विभागका सचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ