arrow

बुढानीलकण्ठ पुगेर भारतीय राजदूतले प्रम देउवालाई दिए बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
indian-ambassador-pm-deuba.jpg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गरेका छन्।

 प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवा निवास बुढानीलकण्ठ पुगेर उनले बधाई तथा शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले दुई देशबिचको युगौँ पुरानो मैत्रीपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि उनलाई धन्यवाद दिए । 

काँग्रेस संसदीय दलका नेता देउवाले मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भई पद तथा गोपनीयताको शपथपछि कार्यभार सम्हालेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ