arrow

धनुषा र बारामा कांग्रेस क्रियाशील सदस्यता विवाद, पार्टी केन्द्रीय कार्यालयमा चार दिनदेखि धर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
dharna-sanepa.jpg

काठमाडौं। क्रियाशील सदस्यता वितरण धाधली गरेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बारा र धनुषाका नेता तथा कार्यकर्ताहरुले चौथो दिन पनि धर्नालाई निरन्तरता दिएका छन्।

१४ औं महाधिवेशनको सम्मुखमा क्षेत्रीय सभापतिहरुले आफुखुसी सदस्यता वितरण गरेको साथै संस्थापन पक्षनिकट जिल्ला सभापति र क्षेत्रीय सभापतिहरु मिलेर वडाका सभापतिहरुले सिफारिस गरेको नाम काटेर आफू निकटलाइ सदस्यता बाडेको भन्दै उनीहरु धर्नामा बसेका हुन्।

धनुषाका पूर्व सांसद डा.चन्द्रमोहन यादव भन्छन्, ‘एक पक्षीय रुपमा सदस्यता फाराम वितरण गरि मनोमानी ढंगले वितरण गरिएको सदस्यता खारेज गरी विधि र विधान अनुसार सदस्यता वितरण गरिनुपर्छ।’ उनले सदस्यता वितरण जबरजस्ती गरिएको र नयाँलाई बन्चित गरिनु लोकतान्त्रिक प्रक्रिया नभएको बताए।

उनले भने,‘छानविन समितिमा हामीले कुरा राखिसकेका छौं तर सुनुवाइ भएको छैन् । विवाद भएको स्थानमा अहिले थाँती राखेर सदस्यता फाइनल गर्ने विषयमा भइरहेको छलफल हाम्रा लागि मान्य हुँदैन् ।’

धर्नामा पूर्वसांसद रामअयोधी प्रसाद यादव, पूर्वसांसद प्रेमकिशोर शाहलगायत मेयर, प्रदेशका उम्मेदवार, वडाध्यक्षदेखि ४० बढी नेता कार्यकर्ता छन् ।

उनीहरुले क्रियाशील वितरणमा बैठक नबसेको, वडा सभापतिहरुलाई शतप्रतिशत नयाँ सदस्यताको फारम नदिएको, आफू खुसी मनपरि गरेको बताएका छन् । आइतबारबाट शुरु भएको धर्ना आफ्नो माग सम्बोधन नभएसम्म जारी राख्ने उनीहरुले बताएका छन् ।

यता नेपाली कांग्रेस क्रियाशील सदस्यता छानविन समितिका प्रवक्ता प्रदिप पौडेलले विवाद भएका स्थानको सदस्यताका विषयमा उजुरीका आधारमा समस्या समाधान गरिने बताए । धर्नाका विषयमा आफूहरु जानकार रहेको र समस्या समाधानका विषयमा छलफल चलिरहेको पनि बताए । बुधबार धर्नास्थल पुगेका कांग्रेस नेता अर्जुन नरसिंह केसीले उनीहरुका मागका विषयमा एक्यवद्धता जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ