arrow

विजयकुमार गच्छदार अदालतमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
vijay-kumar-gachhedar.JPG
तस्वीर–फाइल ।

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका नेता एव‌ं पूर्वमन्त्री विजयकुमार गच्छदार अदालतमा हाजिर भएका छन् । 

लामो समयदेखि फरार रहेका भनिएका गच्छदार बुधबार बिहान विशेष अदालतमा हाजिर भएका हुन् । उनको अदालतमा प्रारम्भिक बयान भएपछि थुनछेक बहस हुने बताइएको छ ।

यसअघि गच्छदारलाई अदालतले बोलाउँदा नगएपछि फरारको सूचीमा राखेको थियो भने प्रहरीले ठेगाना पत्ता नलागेको बेहोरा दिएको थियो । 

कांग्रेस उपसभापतिसमेत रहेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विरुद्ध विषेश अदालतमा मुद्दा दर्ता गरेको थियो । ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको भ्रष्टाचार अभियोगमा २०७६ माघ २२ गते विषेश अदालतमा मुद्दा दर्ता भएको थियो । 

गच्छदारसहित पूर्व चार मन्त्री तथा पूर्वसचिव सहित १ सय ७५ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । उनीविरुद्ध अदालतमा ९ करोड ६५ लाख ७६ हजार बिगो र जरिवानासहित कैद माग गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ