arrow

देउवाको अडानपछि सपथको सूचना सच्याउँदै राष्ट्रपति कार्यालय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
sital-niwas.jpeg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सपथको सूचना सच्याउन राष्ट्रपति कार्यालयलाई आग्रह गरेपछि राष्ट्रपति कार्यालयले सूचना सच्याउने तयारी गरेको छ ।

देउवाले शितल निवास पुगेरै राष्ट्रपति कार्यालयलाई सपथको सूचना नसच्याइ सपथ नलिने बताएका छन् । देउवाको सो अडानपछि राष्ट्रपति कार्यालयले सपथको पूर्वप्रकाशित सूचना नै सच्याउन लागेको हो ।

यसअघि राष्ट्रपति कार्यालयबाट जारी प्रधानमन्त्री नियुक्तीको सूचनामा संविधानको धारा उल्लेख नगरि अदालतको परमादेशलाई मात्रै उल्लेख गरिएकोमा देउवाले आफ्नो गम्भीर असहमती जनाएका थिए । सो सन्देश उनले पहिले राष्ट्रपति कार्यालयलाई मुख्यसचिव शंकर बैरागीमार्फत पठाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ