arrow

उपत्यकामा ५ सय ८७ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
corona-variant.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ५ सय ८७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार काठमाडौँमा ४ सय १०, ललितपुरमा ९७ तथा भक्तपुरमा ८० जनामा संक्रमण पुष्टि भएको हो ।

साथै नेपालमा थप दुई हजार ३ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ । सोमबार दुई हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

थप सात हजार ५८ जनाको पिसिआर परीक्षण तथा तीन हजार ९ सय ५४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ६ सय ३९ तथा एन्टिजेनबाट ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

हालसम्म ६ लाख २३ हजार १ सय ५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७८ संक्रमित निको भएर घर फर्किएका छन् । 

पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १२ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ