काठमाडौँ । पछिल्लो २४ घण्टामा थप थप २ हजार ३ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको सङ्ख्या ७ लाख १ हजार ४ सय ६८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ३३ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २१ हजार २७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ९ हजार ४ सय पुगेको छ ।
हाल सक्रिय संक्रमितको सङ्ख्या २६ हजार ७ सय १२ रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ८९ पीसीआर र ३ हजार ८ सय ९५ जनाको एन्टीजेन गरी ११ हजार ५८४ जनाको परीक्षण गरिएको छ ।