योगेश भट्टराईद्वारा सर्वोच्च अदालतको आदेशको स्वागत र एमाले एक रहनेमा विश्वास व्यक्त
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
1.4k
Shares
काठमाडौं। नेकपा एमालेका नेता योगेश भट्टराईले सर्वोच्च अदालतको आदेशको स्वागत गरेका छन्। उनले बदलिएको परिस्थितिमा एमाले संसद भित्र र बाहिर एक ढिक्का रहने विश्वास पनि व्यक्त गरेका छन्।
समाजिक संजाल फेसबुकमा लेख्दै उनले आइतबार भएको १० बुँदे सहमतिलाई पनि कार्यान्वयन गर्न र ईमान्दारिता र धैर्यताका साथ अघि बढ्न आव्हान गरेका छन्। उनले एमालेको एकतामा जोड दिएका छन्।
उनले फेसबुकमा लेखेका छन् -'सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुन: स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरूमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वान गर्दछु । हिजो भएको १० बुँदे सहमतिलाई ईमन्दारिताकासाथ कार्यान्वयन गर्दै नेकपा एमालेलाई संसद्भित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने विश्वास व्यक्त गर्दछु ।'