arrow

चर्चित नेता तथा कर्मचारीका गीत गाएका मोहन राईसहित २९ कलाकार कांग्रेसमा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २६ शनिबार
mohan-rai.jpg

काठमाडौं । नेपालका ‘हेभिवेट’ नेता तथा उच्च ओहोदाका सरकारी कर्मचारीहरुले रचना गरेका गीतहरु गाएर चर्चा कमाएका गायक मोहन राई ‘दुखुन’ले नेकपा एमाले पार्टी परित्याग गरेका छन् । उनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

राष्ट्रिय भाव र मायाप्रेमका गीतहरु गाउँदै आएका इलामको रोङ गाउँपालिका निवासी राईसहित विभिन्न २९ जना कलाकारले सभापति शेरबहादुर देउवाको हातबाट पार्टी प्रवेशको टिकट लिएका हुन् ।

‘कस्तो सपना’ र ‘मायाको खेल’ गीति एल्बम बजारमा ल्याइसकेका राईले आफ्नो नेतृत्वमा २६ जना कलाकारलाई कांग्रेसमा भित्र्याएको बताए । वाल्यकालदेखि आफू आबद्ध पार्टी नेकपा एमालले आफ्नो सिद्धान्त विर्सिएको, संविधान उल्लघंन गर्दै गएको, देश र जनताका लागि काम गर्न नसकेकाले निराश भएर पार्टी परित्याग गरेको बताए ।

उनले भने,‘मुलुकमा ऐतिहासिक उपलब्धीहरु हाँसिल गरेको पार्टी नेपाली कांग्रेसमात्र रहेछ, कम्युनिष्ट पार्टीले त हामीले लडेर ल्याएको गणतन्त्र नै धरापमा पार्न लागेकाले गणतन्त्र जोगाउन कांग्रेसमा आएका हौं ।’

सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापाको संयोजकत्वमा देउवा निवास बुढानिलकन्ठ पुगेको राई, हाँस्य कलाकार गणेश इशारा, सुरेन्द्र केसी‘मुलाको साग’, महादेव त्रिपाठीलगायत २९ जना कलाकार कांग्रेसमा प्रवेश गरेका हुन् । राई जनसेवाश्री  विभुषणबाट विभुषित कलाकार हुन् ।

सांगीतिक र सामाजिक काममा सक्रिय मोहनले  ‘कस्तो सपना’ एल्बममा एमालेका पूर्वअध्यक्ष एवम पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङका गीत समेटेका छन् । त्यस्तै दोस्रो एल्बम ‘मायाको खेल’ मा व्याकुल माइला, प्रदीप ज्ञवाली, नवराज सिलवाल, दिनेश थपलियादेखि मुकेश राई, मनु लोहारुङ राई, राजा घले, दिपेन्द्र शर्मासम्मका गीत छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ