arrow

विपक्षी गठबन्धनद्वारा नारा जुलुससहित पाख्रिवास नगरपालिकाको कार्यालय  घेराउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
Prakhibass.jpg

धनकुटा । नेपाली कांग्रेससहित विपक्षी चार गठबन्धन दलहरुद्धारा बुधबार धनकुटाको पाख्रिवासमा नारा जुलुससहित पाख्रिवास नगरपालिकाको  कार्यालय घेराउ गरी विरोध सभा गरेका छन् ।

पाख्रिवास बजारबाट शुरु भएको नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमाले माधव समुहको आयोजनामा नारा जुलुसले पाख्रिवास बजारको विभिन्न भागहरुको परिक्रमा गरी नगरपालिका कार्यालय घेराउ गरी पुनः जुलुससहित बजारमा विरोध सभा गरेका हुन ।

घेराउ कार्यक्रममा नेपाली कांग्रेस धनकुटका सभापती अग्नी प्रसाद पौडेल, उपसभापती नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई, सहसचिव सिता श्रेष्ठ, कोषाध्यक्ष दिनेश राई, नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना, सचिवालय सदस्य हेमचन्द्र किराँती, नेकपा मााधव समूहका अध्यक्ष अर्जुन राई, डिप्लप राई,जसपा धनकुटाका अध्यक्ष बल वहादुर राई, उपाध्यक्ष पार्वती राई, सचिव श्रीराम रायमाझी लगायतका जिल्ला तथा पाख्रिवासका चारवटै पार्टीका नेताहरुको नेतृत्वमा सयौको सहभागिता थियो ।

घेराउ कार्यक्रमपछी आयोजित विरोध सभालाई कांग्रेस धनकुटाको तर्फबाट सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, नेकपा एमाले माधव समुह धनकुटाका अध्यक्ष अर्जुन राई, नेकपा माओवादी केन्द्र धनकुटाका सचिवलाय सदस्य हेमचन्द्र किराँती,ओम प्रकाश निरौला, जसपा धनकुटाका उपाध्यक्ष पार्वती राईले विकास विरोधी जनविरोधी पाख्रिवासका ओली पक्षीय जनप्रतिनिधिहरुको ज्यादती र दुव्र्यवहारको प्रतिवाद गर्न सबैहलाई आव्हन गरे ।

कांग्रेस पाख्रिवास नगरका संयोजक ज्ञान वहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र पाख्रिवासका अध्यक्ष मुक्ति वजगाईले गरेका थिए ।

सो अवसरमा कांग्रेस धनकुटाका महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ, जिल्ला सदस्यहरु सुमना तिम्सिना,अम्विका परियार, गोरख वहादुर पिठाकोठे,राजेन्द्र पौडेल,अमित लो तामाङ्ग, मिन वहादुर कार्की, विर वहादुर तामाङ, रुकमान तामाङ्ग, नेपाल तरुण दलका क्षेत्रीय अध्यक्ष तिलक महत, नेता मदन घिमिरे, असित थापा,नेपालमहिला संघका पूर्वकेन्द्रिय सदस्य टिका भण्डारी, जिल्ला उपाध्यक्ष अम्विका धमला, गंगा गुरुङ, ज्योती गुरुङ ,गणेश गुरुङ, नगर सभापती निरुपा राई, तरुण डिफेन्स फोर्स पाख्रिवासका संयोजक बिमल गुरुङ, तरुण दल पाख्रिवास अध्यक्ष रवी राई, माओवादी केन्द्रका जिल्ला सदस्य सर्मिला राई ,कृष्ण कटुवाल, जसपाका पाख्रिवास नगरका अध्यक्ष जितेन्द्र राई, सर्मिला राईलगायतका सयौ नेताहरुले  घेराउ कार्यक्रममा सहभागिता जनाए ।

विपक्षी चार गठनबन्धनका १५ जना नेताहरुलाई लगाएको झुठा मुद्दा तत्काल फिर्ता हुनुपर्ने, पाख्रिवासका ओली पक्षीय जनप्रतिनिधिहरुबाट भएको ज्यादती र दुव्र्यवहार विरुद्ध मुद्दा दर्ता गर्नुपर्ने, पक्राउ परेका पाख्रिवास वडा नं.४ का वडाध्यलाई बिनाशर्त रिहा गर्नुपर्ने लगायतका मागहरु राख्दै गठबन्धन सशक्त आन्दोलनमा दैनिक रुपमा उत्रिएको कांग्रेस सचिव विजय सन्तोषी राईले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ