arrow

श्रमिक नेता कुँवरको निधनमा तीन दिन कार्यालय बन्द र झण्डा आधा झुकाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
raamje-kuwar.jpg

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसका सल्लाहकार एवं निवर्तमान वरिष्ठ उपाध्यक्ष रामजी कुँवरको निधनमा युनियनका सबै मातहतका कार्यालय तीन दिन बन्द गर्ने  र युनियनको झण्डा आधा झुकाउने निर्णय गरेका छन् ।                              

नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार शोक विज्ञप्ति जारी गर्दै मातहतका कार्यालय बन्द गर्ने र झण्डा आधा झुकाउने जनाएका छन् । कुँवर २०३६ सालबाट प्यारामेडिकल आन्दोलनबाट श्रमिक आन्दोलनमा सक्रिय भएका थिए ।

ट्रेड युनियन कांग्रेसको २०४७ मा  पुनःस्थापना भएदेखि नै श्रमिक र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहदै आएका कुँवर ट्रेड युनियन कांग्रेसमा केन्द्रीय सदस्य, सचिव, वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहिसकेका छन् । पछिल्लो समय नेपाली कांग्रेसमा आमन्त्रित केन्द्रीय सदस्य र कांग्रेसकोतर्फबाट २०७४ मा पोखरा महानगरको मेयरका उम्मेदवार समेत बनिसकेका छन् ।

कुँवर यस अघि नै कोरोनामुक्त भए पनि छाती र फोक्सोमा भएको गम्भीर खराबीका कारण ६५ वर्षको उमेरमा त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा असार २१ गते निधन भएको हो । स्व.कुँवरको पार्थिव शरीरलाई मंगलबार बिहान ८ः००देखि ९ः०० बजे सम्म ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यालय अनामनगरमा अन्तिम श्रद्धाञ्जलीकालागि राखिएको थियो ।

श्रद्धाञ्जली दिन कांग्रेस महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री सुनिल थापा, नेता अर्जुननरसिंह केसी , केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल, गगन थापा, बद्री पाण्डे, दिपक गीरि, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, जिफण्ट अध्यक्ष विनोद श्रेष्ठ, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य एवं अन्टुफ अध्यक्ष जगत सिम्खडा लगायत कांग्रेस र ट्रेड युनियन नेता कार्याकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

कांग्रेस सभापति शेर बहादुर देउवाले फोनमार्फत समावेदना व्यक्त गर्नु भएको थियो भने वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सोमबार नै अस्पतालमा पुगि परिवारलाई समावेदना व्यक्त गरेका थिए ।

कुँवरको निधनले ट्रेड युनियन आन्दोलन र प्रजातान्त्रिक आन्दोलनलाई अतुलनीय क्षतिपुगेको ट्रेड युनियन कांग्रेसले जनाएको छ । स्व.कुँवर कांग्रेस नेता अर्जुननरसिंह केसीको बहिनी ज्वाई समेत हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ