arrow

सिटौलाले निकटकालाई भने: महाधिवेशन हुन्छ फिल्डमा खटिनुस् 

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ असार २२ मंगलबार
krishna-prasad-sitoula.jpg
फाइल तस्विर।

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफू निकटका नेताहरूसँग पार्टीको आगामी १४औं महाधिवेशनबारे छलफल गरेका छन् । सिटौलाले मङ्गलवार आफ्नो समूहमा रहेका नेताहरूसँग पार्टीको १४औं महाधिवेशनबारे गौशालास्थित सम्पर्क कार्यालयमा छलफल गरेका हुन् । 

 सो क्रममा सिटौलाले आफ्नो समूहको 'स्ट्रेन्थ' पहिले भन्दा बढेको भन्दै पार्टीको अधिवेशन गराउनेतर्फ सक्रिय भएर लाग्न नेताहरूलाई आग्रह गरे । ‘अब अधिवेशन हुन्छ, जसरी पनि गर्नै पर्छ, तपाइहरु जिल्लामा गएर खट्नुस्, फिल्डमा जानुस्, सबैसँग भेट्नुस्, पहिले भन्दा हाम्रो स्ट्रेन्थ बढेको छ,’ नेता सिटौलालाई आफू निकटका नेताहरूलाई भने । 

 सो क्रममा सिटौलाले देशमा राजनीतिक तरलताको अवस्था रहेकालेसमेत अनुशासित ढङ्गबाट पार्टीको अधिवेशन सम्पन्न गर्नै पर्ने बाध्यता रहेको बताए । उनले पार्टीको विधान पनि नयाँ भएकाले नेता कार्यकर्तामा भएको अन्योल र अलमललाई पनि चिर्दै अघि बढ्न आफू निकट नेताहरूलाई आग्रह गरेका छन् । 

सिटौलाले गत १३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा आएका थिए । त्यसयता उनी कांग्रेस भित्र तेस्रो धारको नेतृत्व गर्दै आइरहेका छन् । छलफलमा सिटौलासहित नेताहरू उमाकान्त चौधरी, शिव हुमागाई, भीमसेनदास प्रधानसहित निकटका अन्य नेता, भ्रातृ सङ्गठनका पदाधिकारी लगायत सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ