arrow

धनकुटामा विपक्षी गठबन्धनका नेताहरु आन्दोलनमा, झुठा मुद्दा खारेजीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २१ सोमबार
dhankutta.jpg

धनकुटा । नेपाली कांग्रेस धनकुटासहित धनकुटामा क्रियाशील विपक्षी राजनीतिक दलहरुको संयुक्त गठबन्धनले पाख्रिवास नगर परिषदमा भएको घट्नाबारे आपत्ति जनाउँदै मसाल जुलुस निकाल्दै आन्दोलन शुरु गरेका छन् ।

गठबन्धनका नेताहरुमाथि लगाएको झुठा मुद्दा खारेजीको माग गर्दै उनीहरुले सोमबार पाख्रिवास बजारमा मसाल जुलुस प्रर्दशन गर्दै आन्दोलन शुरु गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमाले माधव नेपाल समूहका प्रमुखहरुको संयुक्त भेलाले सत्ताको दवावमा दर्ता गरिएको झुठा मुद्दा फिर्ता गर्न र पाख्रिवासका मेयर सहित जनप्रतिनिधिहरुले गरेको दुव्र्यवहार तथा अभद्र व्यवहारको मुद्दा दर्ता गर्न र पक्राउ परेका वडाध्यक्षलाई तत्काल रिहाई गर्न माग गरेका छन् ।

संयुक्त गठबन्धनको बैठकले असार २१ गते साँझ पाख्रिवासमा मसल जुलुस प्रर्दशन, असार २२ गते पाख्रिवासमा प्रर्दशन र सभा, असार २३ गतेदेखि प्रदेश सभाका सांसद तथा केन्दीय नेताहरुको सहभागितामा जिल्ला प्रशासन कार्यालय धनकुटामा घेराउ र धर्ना दिने कार्यक्रम रहेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।

सत्ताको आडमा प्रहरी प्रशासनले झुठा मुद्दा दर्ता गरेर कांग्रेसलगायत धनकुटाका विपक्षी गठबन्धनका नेताहरुलाई फसाउन खोजेको उनीहरुको भनाइ छ । गठबन्धनले घट्नाबारे प्रदेश सभा र राष्टिय सभामा समेत आवाज उठाएर गृहमन्त्रीको जवाफ माग्नका लागि सांसदहरुसंग लविङ्ग गर्ने निर्णय समेत गरेको छ ।

गठबन्धनका नेताहरुले पार्टीको निर्देशनमा पाख्रिवास नगर परिषदमा मेयर लगायतका जनप्रतिनिधिहरुले गरेको ज्यादती र दुरव्यहारको प्रतिवाद गर्दा १५ जनालाई झुठा मुद्दा लगाएर पक्राउ पुर्जी जारी गरेकाले गठनवन्धनका धनकुटा नेता र सांसदहरुले धर्ना दिदै गिराफ्तारी  समेत दिने निर्णय पनि गरेका छन् ।

काग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, सदस्य ज्ञान वहादुर गुरुङ्ग, माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना, सचिवालय सदस्य हेमचन्द्र किराँती, जसपा अध्यक्ष बल वहादुर राई, सहसचिव डम्वर कटुवाल,नारायण जुन राई, नेकपा एमाले माधव समुहका सचिव खगेन्द्र सुवेदीलगायतका नेताहरुले संयुक्त बठैकलाई सम्बोधन गर्दै राजनीतिक हिसावको मुद्दा भएकाले राजनीतिक ढंगले कडा प्रतिरोध गर्दै राजनीतिक रुपमै समाधान गर्ने बताए ।

गठबन्धनका नेताहरुले आफ्ना नेता तथा कार्यकर्ताहरु र धनकुटावासीलाई घोषित आन्दोलनको कार्यक्रमहरुमा सक्रिय पूर्वक सहभागी हुन अपिल समेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ