arrow

कांग्रेस नेता कुँवरको निधनले पार्टी र ट्रेड युनियन आन्दोलनमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २१ सोमबार
raamje-kuwar.jpg

काठमाडौं । कोरोना संक्रमणमा परि काठमाडौको टिचिङ अस्पतालमा निधन भएका कांग्रेस नेता तथा बरिष्ठ ट्रेड युनियनकर्मी रामजी कुँवरको निधनप्रति बरिष्ठ नेता रामचन्द्र पौडेलले श्रद्धान्जली ब्यक्त गरेका छन् ।

सोमबार सामाजिक संजालमार्फत पौडेलले लेखेका छन्, ‘अत्यन्तै मृदुभाषी र शालीन स्वभावका कुँवर यस दुःखद निधनले नेपालको ट्रेड युनियन आन्दोलन र सिंगो लोकतान्त्रीक आन्दोलनलाई अपुरणीय क्षति पुगेको छ । दुःखको यो घडीमा स्वर्गीय  कुँवरको आत्माको चीर शान्तिको कामना गर्दै सिंगो कुँवर परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

बिगत ४५ दिनदेखि उनी कोरोना संक्रमणमा परेका थिए भने ७ जेठमा टिचिङ अस्पतालमा भर्ना भएका थिए । पोखरा स्थायी घर भएका उनी काग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य  समेत हुन ।

यस्तै उनी ट्रेड युनियन कांग्रेसका पूर्व बरिष्ठ उपाध्यक्ष समेत हुन । उनी गत स्थानीय तहको निर्वाचनका क्रममा कांग्रेसका तर्फबाट पोखरा महानगरपालिकामा मेयरका लागि समेत प्रतिस्पर्धामा सहभागी भएका थिए ।

पछिल्लो समय कोरोना नेगेटिभ आएका उनको फोक्सोमा समस्या देखिएको उनका आफन्तले जानकारी दिएका छ्न। ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय राइले स्वर्गीय कुँवरप्रती भोलि(मंगलबार) ७ बजे देखि १ घन्टा ट्रेड युनियन कांग्रेसको अनामनगरस्थित केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धान्जली पछि कुँवरकै इच्छा अनुसार अन्तिम संस्कारका लागि मङ्गलवार नै पोखरा लगिने पारिवारिक स्रोतले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ