arrow

कोरोना संक्रमणका कारण कांग्रेस नेता रामजी कुँवरको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २१ सोमबार
raamje-kuwar.jpg

पोखरा । नेपाली कांग्रेसका नेता रामजी कुँवरको निधन भएको छ । उनको ६५ वर्षको उमेरमा कोरोना संक्रमणबाट निधन भएको हो ।

उनको उपचारको क्रममा काठमाडौंको टिचिङ अस्पतालमा सोमबार दिउँसो २ बजे निधन भएको बताइन्छ ।

उनी पार्टीका पूर्व आमन्त्रित केन्द्रीय सदस्य समेत हुन् । उनी स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाका मेयरका प्रत्यासी हुन् । पोखरा ६ निवासी स्व. कुँवरका श्रीमती, दुई छोरी र एक छोरा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ