arrow

बढ्न थाले कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा दुई हजार ८९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  सात हजार १८७ जनामा गरिएको पिसिआर परीक्षणमा एक हजार ८८९ जना कोरोना संक्रमित भेटिएका छन् ।

 चार हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार सङ्क्रमण दर २६ प्रतिशत पुगेको छ । जोखिम अझै नहटेकाले जन स्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले आग्रह गरेका छन् । 

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यस अवधिमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ५९७ छ । 

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ५६१ रहेको छ । तीमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा छन् । तीन हजार १७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
 
अहिलेसम्म कोरोना सङ्क्रमणका कारण नौ हजार ११२ जनाको मृत्यु भएको छ ।  पाँच सयभन्दा बढी संक्रमित हुने जिल्लाको सङ्ख्या १७ छ । 

पछिल्ला दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको तथ्याङ्कले देखाएको छ । मङ्गलवार सङ्क्रमण पुष्टि भएको दुई हजार ६३६ भन्दा बुधवार २५६ जनाले बढी थपिएका छन् ।

 सोमबार दुई हजार ४४४ जना संक्रमित भेटिएका थिए ।  आइतबार एक हजार ९२० जनामा मात्र कोरोना संक्रमित पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ